आगामी साउन २२ गते रिलिजमा आउने फिल्म हलीले छाउपडी प्रथाविरुद्ध गहिरो आवाज उठाएको छ।
फिल्मको हालै सार्वजनिक एक मिनेट २८ सेकेण्डको टिजरले नेपाली समाजमा अझै केही स्थानमा विद्यमान छाउपडी प्रथाको अमानवीय पक्षलाई केन्द्रमा राखेको छ। महिनावारी भएकी छोरीलाई छाउगोठमा राख्ने परम्परा, त्यसक्रममा आफ्नै परिवारका सदस्य र बुबाको समेत अनुहार हेर्न नपाइने सामाजिक मान्यताले सिर्जना गर्ने पीडा टिजरमा प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ। टिजरमा छाउगोठमा बस्न बाध्य पारिएकी एक बालिकाले भोग्ने कष्ट र त्यसविरुद्ध एक शिक्षित युवाले समाजकै विरुद्ध कानुनी लडाइं सुरु गरेको प्रसङ्ग देखाइएको छ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन्। सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतले पनि अभिनय गरेका छन्। जापुरा फिल्म्स् प्रोडक्सन र शुभ चिरायू फिल्म्स्को सहकार्यमा पूजा गुरुङ र जस्मिन श्रेष्ठद्वारा निर्मित फिल्ममा शम्भुजित बाँस्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, जस्मिन श्रेष्ठको शब्द रचना, बाबुल गिरीको संगीत, बाबुल गिरी र शान्तिश्री परियारको स्वर, ओम प्रतीक र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, राहुल राईको छाया“कन तथा रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन रहेको छ।











प्रतिक्रिया