चार दशकअघि हराएका दुई ऐतिहासिक मूर्ति अन्ततः स्वदेश फिर्ता

1.13k
Shares

काठमाडौँ।

चार वर्ष लगातारको प्रयासपछि चार दशकअघि हराएका दुई ऐतिहासिक नृत्यदेवी र पद्मपाणि लोकेश्वरको मूर्ति अन्ततः अमेरिकाबाट स्वदेश फिर्ता भएका छन् । समुदाय, सम्पदा अभियन्ता, संस्कृतिप्रेमी र सरकारी निकायको सामूहिक प्रयासले चोरी भएका ती दुईवटा मूर्ति नेपालमा फिर्ता ल्याउन सम्भव भएको हो । नृत्यदेवीको मूर्ति पाटनस्थित इवहाबहीको हो भने पद्मपाणि लोकेश्वरको मूर्ति काठमाडौँको ठमेलस्थित विक्रमशील महाविहार (थंबही) को हो । १६औँ शताब्दीको काठको नृत्यदेवी मूर्ति वि.सं २०४५÷०४६ सालतिर र ताम्र निर्मित पद्मपाणि लोकेश्वरमूर्ति मूर्ति २०३६ सालतिर हराएको थियो।

पुरातत्व विभागका अनुुसार ती दुवै मूर्ति अमेरिकाका अलग अलग सङ्ग्रहालयमा भेटिएको थियो। नृत्यदेवीको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित ‘मेट्रोपोलिटन म्यूजिम अफ आर्ट’ र पद्मपाणिको मूर्ति ‘वर्कले आर्ट अफ म्युजिम’ रहेको थियो । ती मूर्ति नेपालको भनी पहिचान गरी त्यसलाई फिर्ता ल्याउन न्यूयोर्क स्थित नेवाः गुठीले पहलकदमी अघि बढाएको थियो। त्यसपछि मूर्ति चोरी भएको पाटनको इवहाबही र ठमेलस्थित थंबहीमा गएर स्थलगत अध्ययन, प्रमाण संकलनको कार्य पुरातत्व विभागले अघि बढाएको थियो ।

पुरातत्व विभागले जुटाएको प्रमाण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय हु“दै न्यूयोर्क महावाणिज्य दूतावास, अमेरिकाको सरकारी निकाय म्युजिम अफ आर्ट र वर्कले आर्ट अफ म्युजिममा पुगेपछि मूर्ति फिर्ता ल्याउन सम्भव भएको हो। मूर्ति फिर्ता ल्याउन अनेक कानुनी प्रक्रिया, प्रशासनिक, कुटनीतिक प्रक्रिया हु“दै अघि बढ्नुपर्ने र त्यसका लागि लगातार खट्नुपर्ने जिकिर गर्दै गुठीका अध्यक्ष राजेन्द्र महर्जनले भन्नुभयो– ‘अमेरिकामा रहेका नेपाली समुदायले सम्पदा फिर्ता अभियानलाई आफ्नो दायित्वका रूपमा लिएका छन्। मूर्ति फिर्ताको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नेपालसम्म सुरक्षित रूपमा ल्याउन आवश्यक आर्थिक सहयोग गरेको गुठीले गरेको हो ।’

चोरी भएर विदेश पुगेका पुरातात्विक वस्तु स्वदेश फिर्ता ल्याउन त्यो नेपालकै हो भनी प्रमाणित गर्न ठोस प्रमाण अनिवार्य हुने बताउ“दै पुरात्तत्व विभागका महानिर्देशक सौभाग्य प्रधानां·ले भन्नुभयो ‘हराएको वा चोरी भएको मूर्ति फिर्ता ल्याउन त्यो नेपालकै हो भन्ने ऐतिहासिक, अभिलेखीय, फोटोग्राफिक वा अन्य प्रमाण अन्तर्राष्ट्रिय निकायसमक्ष पेश गर्नुपर्छ । प्रमाणबिना कुनै पनि देश वा सङ्ग्रहालयले सम्पदा फिर्ता गर्दैन।’

महानिर्देशक प्रधाना·का अनुसार ती दुईवटा मूर्तिको प्रमाण पेश गरेपछि अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया मार्फत असार ९ गते न्यूयोर्कमा आयोजित समारोहमा नेपाली महावाणिज्य दूतावासलाई ती मूर्ति हस्तान्तरण गरिएको थियो । सोमवार ती दुई मूर्ति सम्बन्धितहरूलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण समारोहमा स्थानीय गुठीयार, समुदायसँगै काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनीता डंगोल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थिति रहेको थियो।

विभागका अनुसार ती दुईवटा मूर्तिको अभिलेखीकरणको लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिने छ । त्यहा“ राखेर प्राविधिक परीक्षण, मर्मतसम्भार र अभिलेखीकरण गरिने सङ्ग्रहालयका प्रम्ुख अरुणा नकर्मीले जानकारी दिनुभयो।काठको नृत्यदेवी मूर्तिको एक हात भा“चिएको अवस्थामा रहेको छ।लामो समय विदेशमा रह“दा तथा विभिन्न चरणमा भएको ओसारपसारका कारण मूर्तिका विभिन्न भागमा क्षति भएको पाइएको छ।

मूर्तिको भा“चिएको हातको अवस्थाको सूक्ष्म अध्ययन गरी आवश्यक संरक्षण कार्य गरिनुका साथै मूर्तिको आकार, बनावट, प्रयोग गरिएको सामग्री,कलात्मक विशेषता, वर्तमान अवस्था तथा ऐतिहासिक विवरणको विस्तृत अभिलेख तयार पारिने बताइएको छ। संरक्षण तथा अभिलेखीकरणको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै आवश्यक सुरक्षाको सुनिश्चिता गरी मूर्तिलाई इवहाबहीमा पुनःस्थापना गरिने विभागले जनाएको छ । पुरातात्विक सम्पदालाई फिर्ता भएपछि तत्काल प्रतिस्थापन नगरी वैज्ञानिक संरक्षण, अवस्था परीक्षण र अभिलेखीकरण गर्नु अन्तर्राष्ट्रिय अभ्याससमेत रहेको जानकारी दिँदै महानिर्देशक प्रधाना·ले भन्नुभयो– ‘यसले सम्पदाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्नुका साथै भविष्यमा अनुसन्धान, अध्ययन र व्यवस्थापनमा समेत सहयोग पुग्ने छ ।’

पुरातत्व विभागका अनुसार सन् १९५० तिर नेपालमा मूर्तिहरू हराउने, चोरी हुने क्रम बढेको थियो ।विभागका अनुसार विभिन्न देशबाट हालसम्म २ सय ३ वटा पुरातात्विक तथा कलात्मक वस्तु नेपालमा फिर्ता भइसकेका छन्।तीमध्ये अमेरिकाबाट मात्रै फिर्ता भएका वस्तुको सङ्ख्या १ सय २७ पुगेको छ ।अमेरिका, बेलायत, फ्रान्स, चीन, अष्ट्रिया र अष्ट्रेलियामा रहेका सम्पदा फिर्ता ल्याउन कूटनीतिक पहल जारी रहेको विभागले जनाएको छ।नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका रहेको यहा“को सम्पदालाई संरक्षण गर्नुपर्ने र त्यसका सरकार प्रतिबद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताउनुभयो।