काठमाडौं ।
ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।
पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले भट्टलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया