जोखिमसँगै दैनिक यात्रा


ललितपुरको टीकाथली र भक्तपुरको बालकोटको सिमानामा रहेको गोदावरी खोलामाथिको बाढीले क्षतिग्रस्त बनाएको पुल वर्षौँ बितिसक्दा पनि हटाइएको वा पुनर्निर्माण गरिएको छैन । जीर्ण र जोखिमपूर्ण अवस्थामै रहेको यही पुलबाट स्थानीय बासिन्दा दैनिक ओहोरदोहोर गर्न बाध्य छन् । जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम हुँदाहुँदै पनि सम्बन्धित निकाय र स्थानीय तहको प्रभावकारी चासो अझै देखिएको छैन । तस्वीर : अनिल आङदेम्बे