काठमाडौं ।
बलिउड अभिनेता आमिर खानले जुलाई ५ मा गौरी स्प्रेटसँग विवाह गर्ने भएका छन्। उनले हालै मुम्बईमा आयोजित एक कार्यक्रममा आफ्नो विवाह समारोहबारे जानकारी दिएका हुन्।
आमिरका अनुसार विवाह समारोह घरमै आयोजना हुनेछ, जहाँ दुवै पक्षका परिवारका सदस्य र केही नजिकका साथीभाइ मात्र सहभागी हुनेछन्।
“जुलाई ५ हाम्रो लागि निकै विशेष दिन हो। विवाहमा परिवार र केही नजिकका साथीहरू मात्र हुनेछन्। सबैले हाम्रो लागि शुभकामना र आशीर्वाद दिनुहोस्। हामी सधैं खुसी रहौं र हाम्रो नयाँ यात्रा सफल बनोस्,” उनले भने।
आमिरले सन् २०२५मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरी स्प्रेटलाई पहिलो पटक सार्वजनिक रूपमा परिचय गराएका थिए। त्यसक्रममा उनले दुवैबीचको सम्बन्धको पनि पुष्टि गरेका थिए।
गौरी स्प्रेट बेंगलुरुकी फेसन तथा सैलुन व्यवसायी हुन् ।
आमिरको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्। त्यसपछि उनले फिल्म निर्माता किरण रावसँग विवाह गरेका थिए। उनीहरूका एक छोरा आजाद छन्। दुवैसँगको वैवाहिक सम्बन्ध अन्त्य भइसकेको छ।











प्रतिक्रिया