काठमाडौं ।
एसियाली विकास बैंक (एडिबी) ले नेपालका १३ जिल्लामा खानेपानी र सरसफाइ सेवा सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।
एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने जनाइएको छ। परियोजनाले खानेपानीको पहुँच बढाउनुका साथै ढल तथा फोहरपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया