टीभीएस अपग्रेडमा अचम्मैको डिल, भृकुटीमण्डपमा सातदिने मेगा कार्निभल


काठमाडौँ
काठमाडौंको भृकुटीमण्डपमा जेठ १३ देखि १९ गतेसम्म आयोजना हुने सातदिने ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ अटो कार्निभलमार्फत ग्राहकले आकर्षक सुविधा पाउने भएका छन् । जगदम्बा मोटर्सले आयोजना गर्न लागेको यस मेगा इभेन्टमा पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस दुईपांग्रे सवारी खरिद गर्दा विशेष एक्सचेन्ज सुविधा, न्यून किस्ता योजना, नगद छुट र तुरुन्तै फाइनान्स स्वीकृतिको व्यवस्था गरिएको छ ।

दैनिक १३९ रुपैयाँबाट किस्ता सुरु हुने योजनासहित नयाँ सवारीमा निःशुल्क एसेसरिज र आजीवन वारेन्टीसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

कार्निभलमा टीभीएसका नयाँ मोडलहरूको अवलोकन, टेस्ट राइड, जिमखाना राइडिङ प्रतियोगिता, गेम जोन, फुड स्टल तथा लाइभ मनोरञ्जनका कार्यक्रम पनि रहनेछन् । कम्पनीका उपाध्यक्ष दीपक रौनियार ले उत्कृष्ट एक्सचेन्ज सुविधा र सहज फाइनान्समार्फत नेपाली परिवारलाई प्रिमियम दुईपांग्रे सवारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।