दीपलाई दोहोरो उपाधि


काठमाडौँ।

सिन्धुलीका दीप थिङलाई दोहोरो उपाधि चुमाउँदै ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ । दीपले पुरुष एकल र यू–१५ तर्फको उपाधि जिते । उनले पुरुष एकलतर्फको फाइनलमा काठमाडौँका सक्षम ढकाललाई पराजित गरे ।
बसुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा भएको उक्त स्पर्धामा ललितपुरका सशिन डंगोल र सुमन शाक्य संयुक्त रुपमा तेस्रो भए ।

यसैगरी, दीपले यू–१५ तर्फको उपाधि पनि जिते । उक्त स्पर्धाको फाइनलमा उनले ललितपुरका रिजन मगरलाई पराजित गरे । उक्त स्पर्धामा चन्द्रागिरीका बिप्लव खड्का र कीर्तिपुरका समानता भद्र बज्राचार्यले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे ।

यसैगरी, सिनियर (५० वर्षमाथि) डबल्सतर्फको उपाधि काठमाडौँका प्रेम घले र सुवाष श्रेष्ठको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा काठमाडौँकै सांगे शेर्पा र सूर्य स्याङ्तानको जोडीलाई पराजित ग¥यो । उक्त स्पर्धामा ललितपुरका श्याम गुरुङ र देवानसिंह राई तथा काठमाडौँका सुनिल बज्राचार्य र विकाश शाक्यको जोडी संयुक्त रुपमा तेस्रो भए ।

जननायक बीपी कोइराला स्मृति ट्रस्ट काठमाडौंद्वारा आयोजित प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरियो । प्रतियोगितामा १३ जिल्लाका एक सय २० जना खेलाडी सहभागी थिए । प्रतियोगिताको मिडिया पार्टनरका रूपमा लोकान्तर डटकम रहेको थियो ।