तीन महिनामा उनन्तीस जनाले आत्महत्या गरे

1.03k
Shares

उदयपुर ।

उदयपुर जिल्लामा २०८२ माघदेखि चैत्रसम्मको ३ महिनाको अवधिमा विभिन्न कारणले आत्महत्या गर्नेको संख्या २९ जना रहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको विज्ञप्तीका अनुसार झुण्डिएर र विष सेवन गरेर २९ जनाले आत्महत्या गरेका हुन ।

यसरी आत्महत्या गर्नेमा २०८२ माघ महिनामा ४ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने आत्महत्या गर्नेमा २ जना पुरुष र २ जना महिला रहेका छन् । उमेर समुहका हिसावले १६ वर्षसम्मका १ जना ेर २५ वर्षसम्मका ३ जनाले आत्महत्या गरेको देखिन्छ ।

यसरी नै २०८२ फागुन महिनामा ९ जनाले झुण्डिएर आत्महत्या गरेकामा ७ जना पुरुष र २ जना महिला रहेको भए पनि विज्ञप्तीमा क कति कारणले आत्महत्या गरेको हो सो खुलाइएको छैन । उमेर समुहका हिसाबले १६ वर्षसम्मका १ जनाले, २५ वर्षसम्मका ३ जनाले, ३५ वर्षसम्मका १ जनाले, ४५ वर्षसम्मका १ जनाले, ६० वर्षसम्मका २ जनाले र ६० वर्षमाथिका १ जनाले आत्महत्या गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०८२ चैत्र महिनामा भने आत्महत्याको संख्या गत महिनाको तुलनामा बढेको देखिन्छ । चैत्रमा जम्मा १६ जनाले आत्महत्या गरेकोमा झुण्डिएर १४ जनाले र विष सेवन गरेर २ जनाले आत्महत्या गरेको प्राप्त तथ्याङ्कमा उल्लेख गरिए पनि पुरुष र महिलाको संख्या उल्लेख छैन ।

उमेर समुहका हिसावले १६ वर्षसम्मका २ जनाले, २५ वर्षसम्मका ३ जनाले, ३५ वर्षसम्मका २ जनाले,४५ वर्षसम्मका ४ जनाले, ६० वर्षसम्मका २ जनाले र ६० वर्षमाथिका ३ जनाले आत्महत्या गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उदयपुरको कुन स्थानीय तहमा कति जनाले आत्महत्या गरे र कुन पालिकामा बढी आत्महत्या भएको हो सो विज्ञप्तीमा खुलाइएको छैन ।