वैशाख १० गते बिहीबार,यस्तो छ तपाईंको राशिफल


मेष : आर्थिक लाभ, मान–सम्मान तर बेलुका भने विवाद, आलस्यता नहोला भन्न सकिन्न ।

वृष : दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, मानसिक प्रसन्नता, बौद्धिक क्षमता वृद्धि हुन सक्छ ।

मिथुन : समय शुभ छ । अन्नलाभ, व्यापारिक सफलता, उपहारादि वस्तु प्राप्ति, कार्य सफल होला ।

कर्कट : धन र समयको खर्च होला तर बेलुकीपख भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुन सक्छ ।

सिंह : मिष्ठान्न भोजन, द्रव्य लाभ होला । बेलुका भने धन नाश, चोटपटकको सम्भावना छ ।

कन्या : दिन बलवान् छ । स्वस्थता, कार्य सिद्धि, विविध लाभ, उत्तम भोजन, पारिवारिक सुख होला ।

तुला : समय उत्तम छ । राज्यबाट लाभ, रोमान्टिक यात्रा, काममा सफलता, सुखानुभूति होला ।

वृश्चिक : रोगको भय, खर्च होला तर बेलुका भने इज्जत–प्रतिष्ठामा वृद्धि, लाभ हुने देखिन्छ ।

धनु : धन लाभ, मान–सम्मान होला तर बेलुका भने रोगको भय, कार्य बाधा नहोला भन्न सकिन्न ।

मकर : दिन उत्तम छ । लाभ, प्रतियोगितामा सफलता, कार्य पूरा, प्रेमप्रसंगमा सफलता हुन सक्छ ।

कुम्भ : समय शुभ हुँदा कार्य सफल, खुशी, द्रव्य लाभ, प्रतियोगितामा सफलताको सम्भावना देखिन्छ ।

मीन : स्वास्थ्य समस्या, निरर्थक खर्च होला तर बेलुका भने स्वास्थ्य लाभ, कार्य सफल हुने देखिन्छ ।