काठमाडौ ।
काठमाडौँमा शुक्रबार गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार अपराध र तस्करी नियन्त्रणबारे छलफल भएको छ। बैठकमा सांसदहरूले सीमा क्षेत्रमा हुने तस्करी रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न माग गरेका छन्।
उनीहरूले भन्सार प्रणाली सुधार, भन्सार दर पुनरावलोकन, सीमा निगरानी सुदृढीकरण, कृषि सामग्रीको भन्सार प्रक्रिया सरलीकरण तथा सीमावर्ती नागरिकलाई दैनिक उपभोग्य वस्तुमा सीमित भन्सार छुट दिने मापदण्ड बनाउन सुझाव दिएका छन्।
छलफलमा उठेका विषयमध्ये गृह मन्त्रालयसँग सम्बन्धित कुरा कार्यान्वयन गर्ने र अन्य विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान गर्ने सहमति भएको छ।











प्रतिक्रिया