खड्काद्वारा कांग्रेस नेताहरूको बैठक आह्वान


काठमाडौं ।

काठमाडौंमा नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १२:१५ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ।

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि खड्का पक्ष आन्तरिक छलफलमा जुटेको छ। यसै सन्दर्भमा उपत्यकामा उपलब्ध नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको खड्काको सचिवालयले जनाएको छ।

यसअघि शनिबार खड्का निवास गोल्फुटारमा पनि नेताहरूबीच छलफल भएको थियो, जहाँ वरिष्ठ नेताहरू सहभागी भएका थिए