काठमाडौ ।
काठमाडौँमा नियमित गस्तीका क्रममा प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल आएका एक भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो गाँजासहित नियन्त्रणमा लिइएको हो।
यस्तै, काठमाडौँका विभिन्न स्थानसहित मोरङ, नुवाकोट, पोखरा, बाँके, सुर्खेत र दाङबाट समेत लागूऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
नागार्जुनबाट ७३ किलो गाँजासहित दुई जना, कोहलपुरबाट खैरो हेरोइनसहित आठ जना लगायत विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया