“सेर बहादुर देउवाकाे “कदमजम” नारा अहिले पनि नेपाली जनताका छाेराछाेरीले यहि काेटाबाट जागिर खान देखि हरेक ब्यक्तिकाे जीवनमा प्रत्यक्षरूपमा लागू भैरहेकाे छ ।याे काेटाले काँग्रेस ,एमाले लगायत अन्य पार्टी बर्ग र वर्ण भनेर छुट्याइएको छैन् । त्यसै देउवा,केही नगरेर देउवा भएका हाेईन्न । ईतिहासले बुझ्नै पर्छ
बझाङ । साइपालका हिमशिखरहरू जस्तै अडिग, सेतीको बहावजस्तै निरन्तर—बझाङको राजनीति फेरि एकपटक फागुन २१ को संघारमा बस्ती बस्तीमा उभिएको छ। यहाँ चुनाव केवल मतपत्रको अंकगणित होइन, पीढीहरूको अनुभव, विकासको अपेक्षा र भविष्यको भरोसाको संगम हो र निर्णायक बाटाे पनि हाे ।
यस ऐतिहासिक क्षणमा नेपाली काँग्रेसले बझाङमा आफ्नो जितका आधारहरू मजबुत रहेको दाबी गरेको छ। कम्युनिस्टकाे श्रीगणेश नहुदै जिल्लामा नेतृत्व लिएर राजनीतिक मार्फत समाजसेवामा जीवन बिताएका दिग्गज नेतागणहरू अहिले एकिरूपताकाे सन्देश दिई बिरासत जाेगाउन घर दैलाेमा हुमिएका छन् । गाउँ टाेल लेवलका काँग्रेस कार्यकर्ता देखि केन्द्रीय स्तरका नेता सम्म रूख र चारतारे झण्ड सबैकाे भबिष्यकाे लागि कसरी स्थायित्व गर्ने भन्ने अंकगणितमा छन् ।
यसै चुनावी सरगर्मीमा काँग्रेसले बाजि मार्न सक्ने धेरै सकरात्मक थुप्रै आधारहरू छन् ।पुरानो सम्बन्ध, जरा गाडेको संगठन बझाङका गाउँ–टोलमा कांग्रेसको संगठन केवल कागजी संरचना होइन, दशकौँदेखिको सामाजिक सम्बन्धको निरन्तरता हो। स्थानीय तहदेखि जिल्ला तहसम्म सक्रिय कार्यकर्ताहरूले दुःख–सुखमा साथ दिएको स्मृति र लगाव अझै ताजा छ।
चुनावी माहोलमा घरदैलो अभियानले मतदातासँग पुनः भावनात्मक नाता गाँसिरहेको छ। अग्रज नेतृत्वले देखेका सपना र विकासको अधूरो यात्रा पूरा गर्ने प्रतिबद्धता पनि छ ।
बझाङको मुख्य मुद्दा सडक, स्वास्थ्य, शिक्षा र सञ्चार पूर्वाधार नै हुन्। दुर्गम बस्तीहरूमा अझै पनि आधारभूत सेवा सहज छैन। कांग्रेसले अघिल्ला योजनाहरूलाई निरन्तरता दिने र अधूरा संरचनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्याएको छ। स्थानीय स्तरमा सेती करिडोर, ग्रामीण सडक सञ्जाल र स्वास्थ्य चौकी सुदृढीकरणका एजेण्डाले मतदातामा आशा जगाएको देखिन्छ। केही जनमासमा फरक भाव भए पनि त्यसलाई शिराेपर गरि काँग्रेस उम्मेदवार संगै नेताहरू समाधान र सकरात्मक प्रयासमा हुमिएका छन् ।
बझाङका मतदाताबीच अहिले एउटा मौन बहस छ—स्थिर अनुभवी शक्ति रोज्ने कि नयाँ प्रयोग गर्ने ?
कांग्रेसले आफूलाई परीक्षण भइसकेको शक्ति भन्दै “स्थिरता बिना विकास सम्भव छैन” भन्ने सन्देश दिइरहेको छ। राजनीतिक अस्थिरताले विकास योजना अवरुद्ध हुने अनुभव बझाङले पटक–पटक भोगेको छ। यही सन्दर्भमा अनुभवी नेतृत्वप्रति झुकाव बढेको जिल्लाका बाैद्धिक ब्यक्तित्वहरूले बिश्लेषण गरेका छन् ।
जब सेर बहादुर देउवा सुदूरपश्चिम बाट केन्द्रीय राजनीतिमा उदयमान भए स्थायित्व जमाए त्यस पछि देशकाे नेतृत्व लिदा नेपालकाे परिवेश हेरेर जनताका आवश्यकता लाई मध्येनजर गरि “कदमजम”काे नारा स्थापित गरि अहिले पनि नेपाल जनताका छाेराछाेरीले यहि काेटाबाट जागिर खान देखि हरेक ब्यक्तिकाे जीवनमा प्रत्यक्षरूपमा लागू भैरहेकाे छ ।याे काेटाले काँग्रेस ,एमाले लगायत अन्य पार्टी बर्ग र वर्ण भनेर छुट्याइएको छैन् । त्यस पछि देउवा, देउवा भएका हुन् । बझाङ विविध जाति, संस्कृति र भूगोलको संगम हो। कांग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरेको छ। स्थानीय नेतृत्व चयनमा समुदायगत सन्तुलन मिलाइएको विषय पनि चुनावी मैदानमा सकारात्मक रूपमा उठाइएको छ।
प्रतिस्पर्धी दलहरूभित्र देखिएको असन्तोष, उम्मेदवार छनोटको विवाद र मत विभाजनले कांग्रेसलाई अप्रत्यक्ष लाभ पुग्ने आकलन गरिएको छ। बझाङको चुनावी इतिहासले देखाएको छ—जब मत टुक्रिन्छ, संगठित शक्ति लाभान्वित हुन्छ। अहिले बझाङमा फागुनको फैसला, भविष्यको संकेत भएर चुनावी रणनीति बनाइ रहेका छन् ।
फागुन २१ को दिन बझाङका मतदाताले केवल प्रतिनिधि छान्ने छैनन्; उनीहरूले आफ्नो जिल्लाको विकास यात्राको दिशा तय गर्नेछन्। हिमालको काखमा बसेको यो जिल्लाले धेरै परिवर्तन देखेको छ, धेरै आशा बोकेको छ। अब प्रश्न एउटै छ—विश्वास पुरानै शक्तिमा दोहोरिन्छ कि नयाँ अध्याय खुल्छ ? अहिलेको राजनीतिक स्पन्दन, संगठनात्मक बल र एजेण्डाको स्पष्टताका आधारमा कांग्रेस बलियो दाबेदारका रूपमा उभिएको देखिन्छ। तर अन्तिम निर्णय भने बझाङका सजग मतदाताकै हातमा सुरक्षित छ।











प्रतिक्रिया