आवश्यकता एउटा यस्तो शब्द हो जसका बारेमा सबै परिचित छन् । आवश्यकताविना– जरुरतविना जीवनको एकदिन पनि व्यतीत हुन सक्दैन । त्यसैले त भनिन्छ– ‘आवश्यकता नै आविष्कारको जननी हो ।’ मानिसलाई आवश्यकता महसुस भएपछि उसले विभिन्न चीजबीजको खोजी ग¥यो, जसबाट उसको आवश्यकता पूरा हुन सकोस् ।
आवश्यकताका बारेमा के बुझ्नुहोस् भने, आवश्यकता के हो र कसलाई कसको आवश्यकता छ ? कसलाई कसको आवश्यकता छ भन्ने कुरा आफ्नो जीवनमा बुझ्नु अति नै आवश्यक छ । पानीलाई माछाको आवश्यकता पर्दैन तर माछालाई पानीको आवश्यकता हुन्छ । यो बुझ्नु अत्यन्त आवश्यक छ, किनकि माछा मार्नेले पानीमा जाल हालेर जाललाई बाहिर निकाल्दा भलै पानी माछाबाट अलग भएको होस् तर त्यतिखेर पनि माछालाई पानीको आवश्यकताले यति सताउँछ, त्यसको अभावमा उसले आफ्नो ज्यान नै गुमाउनुपर्छ । पानीलाई माछासँग कुनै प्रेम हुँदैन । त्यो त निरन्तर बगिरहन्छ ।
त्यसै गरी तपाईं पनि के कुरा बुझ्नुहोस् भने, तपाईंलाई कसको आवश्यकता छ ? के कहिल्यै तपाईंले बसेर तपाईंको वास्तविक आवश्यकता के हो भनेर सोच्नुभयो ? आवश्यकतालाई पूरा गर्ने व्यवस्थामा त लाग्नुभयो तर कहिल्यै यस्तो सोच्नुभयो– ‘यो मेरो जीवन हो । म जीवित छु । मभित्र श्वास आउँछ अनि जान्छ । एउटा सीमित समय हुन्छ, त्यतिखेरसम्म म जीवित रहन्छु । त्यसपछि म यहाँ रहँदिन ।’ हामीलाई जाने समय कहिले आउँछ भनेर थाहा त छैन तर पक्कै आउनेछ भन्ने कुरा अवश्य थाहा छ । हामी बाँचुन्जेलसम्म हाम्रो वास्तविक आवश्यकता के हो ?
हाम्रो हृदयले के मागिरहेको छ ? हाम्रो हृदयले कुन कुरालाई आफ्नो आवश्यकता मान्छ ? हामी यहाँ आएका छौँ भने जीवनमा कमसेकम आफ्नो वास्तविक आवश्यकतालाई पूरा गरेर त जाऊँ !सबै आवश्यकताहरू त कहिल्यै पनि पूरा हुँदैनन् । मानिसले चाहे जतिसुकै परिश्रम गरोस्, उसले आफ्ना सबै आवश्यकतालाई पूरा गर्नै सक्दैन । कमसेकम एउटा प्रमुख आवश्यकता त पक्कै होला, जसलाई उसले पूरा गर्न सक्छ ।
मानिसका केही यस्ता आवश्यकता हुन्छन्, जसलाई कुनै कुराको सीमाले बाँध्न सक्दैन । यदि मानिसले त्यसलाई रोक्न चाह्यो भने पनि रोक्न सक्दैन । मानिस पढेलेखेको छ या अनपढ छ भन्ने कुराहरूसँग त्यसले सम्बन्ध राख्दैन ।
शान्तिको आवश्यकता पनि त्यस्तै आवश्यकता हो । भित्रको जुन पुकार छ त्यसले कहिल्यै कसैलाई वास्ता गर्दैन । चाहे जोसुकै होस्, तर ऊभित्रको आवाज आइरहन्छ । यद्यपि मानिस त्यसलाई नसुनेभैmँ गर्ने कोशिश गरिरहन्छ ।
जुन चीजको तपाईंलाई आवश्यकता छ, त्यो तपाईंभित्रै छ । म चाहन्छु– तपाईं त्यो आवश्यकतालाई आपैmँ बुझ्नुहोस् र त्यसको अनुभव गर्नुहोस् ।
यो संसारमा रहेर आपैmँलाई शान्तिको अनुभव नभएसम्म, हामीलाई के प्राप्त भएको छ भनेर हामी बुझ्नै सक्दैनौँ । त्यसकारण सृष्टिकर्ताले मानिसभित्र शान्तिको तिर्खा लगाइदिएका छन् । यदि दुईजना झगडा गरिरहेका छन् भने झगडा गर्न बन्द गरेमा शान्ति हुनेछ भनेर मानिसहरू ठान्छन् । यो शान्ति होइन । शान्ति त त्यस्तो वास्तविक आवश्यकता हो, जसलाई बुझेपछि तपाईंको जीवनमा आनन्द नै आनन्द हुनेछ ।
तपाईंले आफ्नो जीवनमा त्यस्तो शान्तिको अनुभव गर्नुभएको छ कि छैन ? यदि तपाईंले त्यस्तो शान्तिको अनुभव गर्नुभएको छैन भने अनुभव गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।मानिसको क्षमता के हो ? यदि मानिसमा रिसाउने क्षमता छ भने उसमा शान्त रहने क्षमता पनि छ । यदि मानिसमा प्रेम गर्ने सामथ्र्य छ भने उसमा घृणा गर्ने सामथ्र्य पनि हुन्छ । यदि मानिसमा आनन्दको अनुभव गर्ने विशेषता छ भने उसमा दुःखी र हैरान हुने विशेषता पनि छ । मानिसमा शान्ति छ भने उसमा अशान्ति पनि छ । दुवै कुरा छन् अनि दुवै साथमै हिँड्छन् । मूल कुरा के हो भने, तपाईं कुनचाहिँ क्षमतालाई प्रोत्साहन गर्नुहुन्छ । तपाईं जुन क्षमतालाई बढी प्रोत्साहन गर्नुहुन्छ, जीवनमा त्यही नै सक्षम हुन्छ ।
हरेक मानिस फरक हुन्छ । यदि मानिसले चाहेमा आफ्नो यो क्षमता तथा सामथ्र्यलाई पहिचान गरेर जीवनलाई सफल तुल्याउन सक्छ । पृथ्वीमा कैयौँ मानिस छन् अनि आगामी दिनमा पनि हुनेछन् तथापि तपाईंजस्तो अर्को कोही पनि मानिस न त अहिले छ, न त पछि हुनेछ । तपाईं जसरी हाँस्नुहुन्छ, प्रेम गर्नुहुन्छ, जस्तो सोच्नुहुन्छ त्यो आपैmँमा विशेष छ । त्यसकारण हरेक मानिसले आफ्नो सामथ्र्य र क्षमतालाई चिन्नु आवश्यक छ । किनभने, यही क्षमताका कारण नै मानिसले आफ्नो जीवन परम आनन्दले भरिपूर्ण बनाउन सक्छ । उसको जीवनमा वास्तविक शान्ति र प्रेमको सञ्चार हुन सक्छ अनि यथार्थमा जीवनलाई सफलीभूत तुल्याउन सक्छ ।
मानिसले मेरा बारेमा अरूले के सोचिरहेका होलान् भनेर चिन्ता गर्नुहुँदैन । यदि तपाईं जीवनमा कुनै कारणले असफल हुनुभयो भने पनि कहिल्यै त्यो असफलतालाई स्वीकार नगर्नुहोस् । र, पहिला पनि तपाईंले यस्तो गर्नुभएको छ । तपाईं बाल्यावस्थामा हिँँड्न सिक्दाखेरि हिँड्नका लागि कैयौँपटक उठ्नुभयो अनि लड्नुभयो । तर, तपाईंले हिँड्न नसिकेसम्म त्यो असफलतालाई स्वीकार गर्नुभएन । परिणामतः तपाईंले हिँड्न सक्ने हुनुभयो ।
तपाईंका ती क्षमताहरूबाट तपाईं कहिल्यै पनि वञ्चित हुनुहुन्न । तपाईं जहाँसुकै जानुहोस्, यी सबै कुरा तपाईंसँगै हुन्छन् । मानिसभित्र आँधीबेहरी आएपछि त्यहाँबाट निस्केर हामीभित्र विद्यमान त्यो वास्तविक क्षमता, त्यो शक्ति जसले सारा विश्वलाई चलाइरहेको छ– त्यसको अनुभव भएपछि शान्ति उत्पन्न हुन्छ । जबसम्म उसले त्यो वास्तविक क्षमता र शक्तिको अनुभव गर्दैन तबसम्म आफूले आफूलाई पूर्णरूपले चिन्न सक्दैन– ‘ऊ के हो !’ किनभने, मानिसले आफूभित्र रहेको त्यो चीजको अनुभव गर्न सक्छ, जसको ऊ एउटा अंश हो । जसको कुनै सीमा हुँदैन, जसको कहिल्यै नाश हुँदैन ।
एउटा कथा छ । एउटा गाउँ थियो । त्यो गाउँको जङ्गलमा एउटा सर्प बस्थ्यो । गाउँबाट पँधेरासम्म जानका लागि बाटो त्यतैबाट पथ्र्यो । त्यही बाटो भएर मानिसहरू खाने पानी लिनका लागि जाने गर्दथे । सर्प एकदमै डरलाग्दो थियो । उसले सबैलाई डस्ने गथ्र्यो । मानिसहरू उसदेखि एकदमै डराउँथे । यस्तो परिस्थिति पनि सिर्जना भयो– मानिसहरूले त्यो बाटोबाट आवतजावत गर्नै छोडिदिए । अब मानिसहरूलाई पानीको समस्या हुन थाल्यो । मानिसहरूले प्रार्थना गर्न लागे– ‘हे, सृष्टिकर्ता ! हामीलाई यो समस्याबाट छुटकारा दिलाउनुहोस् । केही यस्तो गर्नुहोस् जसद्वारा हामीलाई आउन–जान सहज होओस् ।’
मानिसहरूको पुकारा सुनेर सृष्टिकर्ताले सर्प भएको स्थानमा गएर भने, ‘तिमी यहाँ के गरिरहेका छौ ? मानिसहरूलाई किन डस्छौ ? किन दुःख दिन्छौ ?’
अनि सर्पले भन्यो, ‘माफी चाहन्छु ! अबदेखि यस्तो हुँदैन । यदि तपाईं चाहनुहुन्छ भने म कसैलाई पनि डस्दिन । कसैलाई पनि दुःख दिन्न ।’
सर्पले मानिसहरूलाई डस्न, दुःख दिन छोड्यो । त्यसपछि मानिसहरू त्यहाँबाट आवत–जावत गर्न थाले । मानिसहरूले सर्पलाई नदेखेपछि त्यसको खोजी गर्न थाले– ‘कहाँ गयो ?’ जसै उनीहरूले सर्पलाई देखे उनीहरूले उसतिर ढुङ्गा प्रहार गर्न लागे । अब बिचरा त्यो सर्पले न कसैलाई डस्न सक्छ, न त तर्साउन सक्छ । न त केही गर्न सक्छ । उसको अवस्था नाजुक हुन लाग्यो । हरेक दिन मानिसहरू पानी लिन जाँदा आफूसँग ढुङ्गा लिएर जाने अनि उसलाई ढुङ्गाले हिर्काउने गर्न थाले ।
सर्पको अवस्था अत्यन्तै नाजुक भयो अनि ऊ मरणासन्न अवस्थामा पुग्यो । तब उसले सृष्टिकर्तालाई प्रार्थना गर्दै भन्यो– ‘केही गर्नुहोस् ! तपाईंको आज्ञा मान्नाले मेरो यस्तो अवस्था भयो । मलाई बचाउनुहोस् ।’
सर्पको हालत देखेपछि उनी आएर उसलाई सम्झाउँदै भने, ‘तिमी एउटा काम गर ! नडस तर मानिसहरू तिम्रो छेउमा पुगेपछि तिमी फणा पैmलाएर बस । तिमी फणा पैmलाएर बस्यौ भने मानिसहरूलाई ‘यसले डस्छ’ भन्ने लाग्छ । यसो गर्नाले मानिसहरू तिमीभन्दा टाढै बस्छन् अनि तिमीलाई ढुङ्गाले प्रहार पनि गर्दैनन् । उनीहरू पनि बाँच्न सकून् अनि तिमी पनि बाँच्न सक्छौ ।’
यो कथाले हामीलाई नरम हुने प्रेरणा प्रदान गर्छ ।
जसमा नम्रता हुन्छ त्यो नै उसको सबैभन्दा राम्रो गुण हो । त्यो नै सबैभन्दा ठूलो क्षमता हो ! अपबल, तपबल, बाहुबल– यो वास्तविक शक्ति होइन । किनभने, एकदिन यो संसारबाट बिदा लिनुपर्छ । यो शरीर त माटामा मिल्नेछ । त्यसकारण विनाअर्थको अभिमानलाई छोडेर आफूभन्दा कमजोर र विनम्र मानिसलाई बल प्रयोग गर्नुहुँदैन । आफूभित्रको क्षमतालाई चिन्नुपर्दछ । जसका कारणले तपाईंको भेट ती सृष्टिकर्तासँग होओस् ।
तब मात्रै यो जीवन वास्तवमा सफल हुन्छ । कुरा केवल के हो भने, के हामीले आफ्नो जीवनमा त्यो वास्तविक क्षमतालाई स्वीकार गरेका छौँ या छैनौँ ? यदि ग¥यौँ भने त्यो क्षमता तपाईंभन्दा टाढा छैन । जबसम्म हामी जीवित हुन्छाँै, हामी निराश हुनु आवश्यक छैन । यो हो हाम्रो वास्तविक क्षमता ! मानिसको वास्तविक सामथ्र्य हो– आफूले आफूलाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउनु ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया