काठमाडौ ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ।
राति पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने र केही स्थानमा चट्याङसहित वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।











प्रतिक्रिया