काठमाडौं ।
सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
कात्तिक ९ गते राति विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ निवासी ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्। उनीहरूलाई बिक्री–वितरणका लागि राखिएको अवस्थामा ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल फोन र चार हजार ५५० रुपैयाँ नगद बरामद गरिएको छ।
बरामद लागूऔषध तथा अन्य सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।











प्रतिक्रिया