काठमाडौँ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। बिहान केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
भोलि पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया