दसैँको टीकासँगै काठमाडौँमा चहलपहल बढ्यो


काठमाडौँ ।

दसैँको बाह्रौँ दिन शुक्रवार मान्यजनबाट टीका थाप्न जानेहरूको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकामा सवारीसाधन र पैदलयात्रीको चाप बढेको छ।

दसैँका बेला सुनसान बनेको उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमनसमेत बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्।

उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।