झापा ।
चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले झापाका विभिन्न शहरी क्षेत्रमा ड्रोनमार्फत सुरक्षा निगरानी बढाएको छ ।



सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न शहरी इलाकामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले ड्रोन प्रविधिको प्रयोग गरी निगरानी थालेको हो ।
यसैक्रममा मंगलबार बिर्तामोड बजार क्षेत्रमा ड्रोन उडाएर सुरक्षा अवस्थाको अनुगमन गरिएको छ । चाडपर्वका बेला बजार क्षेत्रमा हुने भीडभाड तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निगरानी बढाइएको हो ।
ड्रोनमार्फत गरिने निगरानीले शहरी क्षेत्रको सुरक्षा अवस्था आकलन गर्न, सम्भावित जोखिम पहिचान गर्न तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चाडपर्वका समयमा बजार तथा सार्वजनिक स्थानमा मानिसहरूको चहलपहल बढ्ने भएकाले सुरक्षा निकायले निगरानी र सतर्कता बढाएका हुन् ।











प्रतिक्रिया