काठमाडौँ ।
बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन्। उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष रहेका छन्।
दसैँ नजिकिँदै जाँदा नागढुङ्गा, फर्पिङ, थानकोट, साँखु, भक्तपुरलगायतका नाकामा यात्रु तथा सवारीसाधनको चाप बढेको छ। यात्रुको सहज आवागमन र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निगरानी बढाएको छ।
ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सावधानीमा विशेष ध्यान दिन यात्रुलाई आग्रह गरेका छन्।











प्रतिक्रिया