ललितपुर ।
भैसेपाटी स्पोट्स एकेडेमीले आयोजना गरेको दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ४० टोली सहभागिता रहेको प्रतियोगिता तीन समुहमा खेलाइएको थियो । प्रतियोगिता समुह एबाट दिनेश राई र मनिराम थापाको टोली विजयी भएको छ । समुह बी बाट छबी खरेल र ओम चौधरी र समुह सिबाट महाप्रसाद अधिकारी र भुपेन्द्र खत्रीको टोली बिजयी भएको छ ।





बिजयी टोलीलाई ललितपुर महानगरपालिका–२१का वडा अध्यक्ष रविन्द्र महर्जनले ट्रफी प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले ब्यामिन्टन खेल मार्फत स्वस्थ बनाउने अभिप्रायले प्रतियोगिता आयोजना गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।
समापन समारोहमा अध्यक्ष मिलन थापाले आन्तरिक प्रतियोगिताले सदस्यमा मनोबल बढाएको बताउनुभयो । उहाले भन्नुभयो–खेलले खेलाडीमा मानसिक र शारिरिक रुपमा बलियो बनाएको छ । सुरेन्द्र बहादुर सिहको संयोजकत्वमा भएको प्रतियोगितामा उहाले आन्तरिक ब्याडमिन्ट हरेक वर्ष आयोजना गरिने जानकारी दिनुभयो ।




सिंहदरबार ८ किलोमिटरमा स्थापना गरिएका स्पोट्र्स एकेडेमीले खेलप्रेमीलाई याडमिन्टन खेलमार्फत स्वस्थ बनाएको छ । बिसं २०८१ सालमास्थापित एकेडेमीमा आधुनिक इन्डोर ब्याडमिन्टन हल निर्माण भएको हो ।





पैसा कमाउन भन्दापनि खेलाडीको स्वास्थ्यलाई लामो समय सम्म स्वास्थ रहनेगरी निर्माण ब्याडमिन्टन निमार्ण गरी संजालमा भएको अध्यक्ष थापाको भनाई छ । एकेडेमीमा ब्यायायमशाला समेत संचालन भैरहेको छ ।











प्रतिक्रिया