उदयपुर।
उदयपुरमा मलद्वारमा प्रतिबन्धित लागुऔषधजस्तो देखिने पदार्थ लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–४ लालबजारस्थित यात्रुवाहक बसबाट बेलका नगरपालिका–५ घुम्ने निवासी ३० वर्षीय प्रदीप बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बिहीबार साँझ करिब ६ः३० बजे बसमा सवार बस्नेतमाथि प्रतिबन्धित वस्तु लुकाएर ल्याएको आशंका भएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार शुक्रबार बिहान दिसा गरेपछि प्लास्टिकमा बेरेर मलद्वारमा लुकाएर ल्याइएको अवस्थामा २ ग्राम ६ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको हो।
पक्राउ परेका बस्नेतमाथि उदयपुर जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।











प्रतिक्रिया