उदयपुर ।
विभिन्न जिल्लाका स्थानीय तहहरुले कानुन सम्मत रुपले काम नगरी आफू खुसी नियम विपरीत काम गरेका कारण अख्तियारमा सबैभन्दा बढी स्थानीय तहको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयले जनाएको छ ।
शुक्रबार उदयपुरको त्रियुगा नगरपालिकाको सहयोग तथा समन्वयमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले स्थानीय निकायले आफ्नो श्रोत साधन अनुसार काम राम्रो गर्न हो । अख्तियारको उद्देश्य कानुन पालना गरेर काम भएको छ छैन बुझ्ने हो, जाँचने हो र कानुन विपरीत काम भएको छ भने कार्वाही उजुरीका आधारमा कार्वाही गर्ने बताउनु भयो ।
सो कार्यक्रममा त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राईले नीति नियम विपरीत कुने पनि काम गर्नु भ्रष्टाचार भएकोले नीति नियम अनुसार काम गर्नु पर्नेमा जोड दिँदै कतिपय विषयहरुमा अन्जानले कानुनको अभावमा पनि समाधानमा बाधा पर्ने र कानुनी प्रक्रियागत कुराले पनि काम गर्न समस्या भएको बताउनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कार्यालय प्रमुख यज्ञ पुरीले कार्यक्रममा सहभागीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै संघीय सरकारले कार्यविधि कानुन ऐन नियम बनाउने काम गर्ने र स्थानीय तहहरुमा कानुनको पालना नगरेको कारण र कानुन एकातिर काम गराई अर्कोतिर भएकोले बढी उजुरी परेको बताउनु भएको छ ।
पुरीले भ्रष्टाचार नियन्त्रण गर्ने काम अख्तियारको मात्र नभएर स्थानीय तह नागरिक समाज कर्मचारी बुद्धिजीवि लगायतका सबैको भएकोले कानुन सम्मत रुपले अनुशासित र इमान्दार भएर काम गरेमा भ्रष्टाचार आफै कम हुने बताउनु भयो ।
उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी उपसचिव दीपेन्द्र राईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहबाट नियम कानुन पालना नहुँदा र आफू काम गर्दा, उपभोक्ता समितिलाई बाम नगरी भुक्तानी दिँदा उजुरी पर्ने गरेको बताउनु भयो ।











प्रतिक्रिया