कांग्रेस सिन्धुलीको दुई  वटै क्षेत्रीय अधिवेशन सम्पन्न, को–को भए महाधिवेशन प्रतिनिधि ? 


सिन्धुली

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिन्धुलीको दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले चार प्रदेशसभा र २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ । 

सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र नं. १ बाट १० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा सबै भन्दा धेरै ७ सय ८१ मत ल्याएर उज्ज्वल प्रसाद बराल निर्वाचित हुनुभएको छ । उहाँ कांग्रेशको  विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित हुनुभएको थियो । 

तीनपाटन गाउँपालिका अध्यक्ष समेत रहनुभएका कर्ण बहादुर मगरले ७ सय १४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  

त्यस्तै प्रेमचन्द्र दाहाल  ६ सय ३१ मत, मुकेश घिमिरे ६ सय २४ मत, अनन्त कार्की ५ सय ४५ मत, गोविन्द प्रसाद पहाडी ४ सय ९८ मत, मोहन प्रसाद बराल ४ सय ९६ मत, युवराज पहाडी ४ सय ९५ मत, श्यामकुमार घिमिरे ४ सय ९३ मत र  विष्णु बहादुर कार्की (विग्रह) ४ सय ७० मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार खुल्ला १० पदमा कुल २३ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । 

यता प्रतिनिधिसभा क्षेत्र नं. २ को पनि मत गणना सकिएर अन्तिम नतिजा सार्वजनिक भएको छ । 

जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार क्षेत्र नं. २ बा खुल्ला १० महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन सर्वाधिक पहिलो मत सहित निर्वाचित हुनुभएको छ । 

त्यस्तै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । 

अन्तिम मत परिणाम अनुसार छेत्र बहादुर बमजन ७ सय ५ मत, दीपक कुमार घिमिरे ५६९ मत, कुमार ढकाल ५०६ मत, डम्बर बहादुर कार्की ४९३ मत, नवराज श्रेष्ठ (आकास) ४८९ मत, ईश्वर कुमार बस्नेत ४७५ मत, उपेन्द्र कुमार पोखरेल ४५६ मत, भुपेन्द्र पौडेल ४३२ मत, विवश कुमार वाईवा ४२३ मत, कृष्ण प्रसाद दाहालः ४१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

खुल्ला महिला चार जना केन्द्रीय महाधिवेशन प्रतिनिधि टिका कुमारी थापा (निता) ५१८ मत, दुर्गा देवी सुनुवार ५१८ मत, बाल कुमारी श्रेष्ठ (विमला) ५१२ मत, मनिषा पोख्रेल ४७२ मत प्राप्त गरी विजयी हुनु भएको छ । 

३५ बर्ष मुनिको खुल्ला युवा २ जना महाधिवेशन प्रतिनिधिमा मविन कुमार तामाङ ४१८ मत र समिर विक्रम थापा (काजी) ४०० मत ल्याएर विजयी हुनु भएको छ। 

त्यस्तै खस आर्य १ जना महाधिवेशन प्रतिनिधिमा कमलामाई नगरपालिका ६ का वडाअध्यक्ष उज्ज्वल कुमार थापा ४ सय ७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । खसआर्य महिला १ महाधिवेशन प्रतिनिधिमा सम्झना कुमारी रोक्का ४ सय ५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

पेशागत विषय विज्ञ महाधिवेशन प्रतिनिधिमा अधिवक्ता बोध विक्रम थापा ५ सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

अल्पसंख्यक १ जना महाधिवेशन प्रतिनिधिमा लाल बहादुर सुनुवार ४ सय २६ मत, आदीवासी जनजाती खुल्ला ४ जनामा यम बहादुर जर्गामगर ३ सय २६, विक्रम घलान ३ सय १२, कोकिल अस्थानी मगर ३ सय १० र चतुरमान बल २ सय ९६ मत ल्याएर निर्वाचित हुनुभएको छ । अपाङ्गता १ महाधिवेशन प्रतिनिधिमा नवराज नेपाल ३ सय ८ मत सहित निर्वाचित हुनुभएको छ ।