काठमाडौँ ।
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज मौसम आंशिक बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया