सरकार भने अझै बेखबर ! सरकार स्टण्डबाजीमा सिमित ?जबराको पक्राउबारे बुझ्न मानव अधिकार आयोगको टोली टेकुमा


काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ।

जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी टेकुस्थित कार्यालयमा राखेको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सुरक्षा थ्रेटपछि जबरालाई कार्यालयमा ल्याइएको हो।

तर, उनलाई कुन कसुरमा र कुन कानुनी आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा स्पष्ट पारेको छैन। जबराको पक्राउ प्रक्रिया र प्रहरीको शैलीबारे समेत प्रश्न उठिरहेका छन्।

सुरक्षा थ्रेट भए सुरक्षा बढाउन सकिने तर व्यक्तिलाई नै नियन्त्रणमा लिनुको कानुनी आधार स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ।यसैबीच, सरकारी स्रोतहरूले जबराले राजनीतिक गतिविधि बढाउनुका साथै न्यायालयका विचाराधीन मुद्दामा चासो र सक्रियता देखाएको आरोप लगाएका छन्। उनीमाथि विभिन्न संवेदनशील मुद्दाका सरोकारवालासँग भेटघाट तथा न्यायिक कामकारबाहीमा प्रभाव पार्न खोजेको आरोपसमेत लगाइएको छ।

यद्यपि, केही व्यक्तिले आफूलाई जबरासँग भेटेको भन्ने दाबीको खण्डन गरेका छन्।जबराको पक्राउको शैलीलाई लिएर सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ। कानुनविद्हरूले आरोप वा सुरक्षा चुनौती जे भए पनि राज्यले कानुनी प्रक्रिया र नागरिकको मौलिक अधिकारको पालना गर्नुपर्ने बताएका छन्।