काठमाडौं ।
धादिङको कृष्णभिरमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार बिहीबार राति ढुंगासहितको पहिरो खसेर अवरुद्ध भएको सडक शुक्रबार दिउँसो साढे १२ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो।
तत्काल दुईतर्फी यातायात सञ्चालनमा ल्याउन भने कठिनाइ रहेको जनाइएको छ। थप पहिरो नखसेमा आजैदेखि नियमित रूपमा यातायात सञ्चालनमा आउने वडाध्यक्ष बस्नेतले बताए।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको थियो।
पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो।











प्रतिक्रिया