काठमाडौं ।
नेपाली सेनाको एकमहिने सैनिक आधार तालिम सम्पन्न गरी ३ हजार ६८ जना नयाँ सैनिक दीक्षित भएका छन्। दीक्षित हुनेमा २ हजार ४०२ जना पुरुष र ६६६ जना महिला रहेका छन्।

नेपाली सेनाका अनुसार आज (असोज ९ गते) सैनिक तालिम केन्द्रलगायत देशभरका २२ वटा विभिन्न स्थानमा सञ्चालित एकमहिने सैनिक आधार तालिम सम्पन्न भएको हो।

तालिम सम्पन्न भएपछि विभिन्न स्थानमा आयोजित अन्तिम दल कवाजमा उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
समापन समारोहमा जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवारजनलगायत सरोकारवालाहरूको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।













प्रतिक्रिया