काठमाडौं ।
त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा आगलागी भएको थियो। आगलागीमा परेका २५ वर्षीय लामालाई करिब १ बजे कीर्तिपुर अस्पताल पुर्याइएको थियो।
अस्पतालका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनको सोमबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामाले आफैँ बसमा आगो लगाएको देखिएको छ। आगलागी हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाको थप अनुसन्धानका लागि समिति गठन गरिएको छ।











प्रतिक्रिया