बर्दिया ।
नेपालगञ्जबाट महेन्द्रनगरतर्फ जाँदै गरेको एक विद्युतीय माइक्रोबसमा बर्दियाको रम्बापुर क्षेत्रमा आगलागी भएको छ। चलिरहेको अवस्थामा माइक्रोबसमा अचानक आगलागी भएपछि यात्रु तथा स्थानीयमा त्रास फैलिएको थियो।
आगलागीको कारण र घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ। पछिल्लो समय विद्युतीय सवारीमा आगलागीका घटना देखिन थालेपछि यसको सुरक्षा विषयमा पनि प्रश्न उठ्न थालेको छ।











प्रतिक्रिया