काठमाडौँ ।
सप्तरिबाट गए राती १४ सय किलो गांजा सहित एक ब्यक्तिलाइ नियन्त्रणमा लिइएको छ ।राती करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजा सहित उनलाइ नियन्त्रणमा लिइएको हो ।
सदाले घरमा ठूलो परिमाणको गांजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अबस्थामा करिब १४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गांजा सहित निजलाई समेत नियन्त्रणमा लिई आबश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकोले उक्त गांजा भारततर्फ निकासी गर्न लागिएको आशंका गरिएको छ ।











प्रतिक्रिया