नवलपरासी।
काँग्रेसकाे पन्ध्राैं महाधिवेशन अन्तर्गत शनिवार जिल्लाका सबै वडामा अधिवेशन गरिने नेपाली कांग्रेस नवलपरासी पूर्वले जनाएको छ ।
गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु नगर तथा हुप्सेकाेट,विनयी त्रिवेणी,बाैदिकाली र बुलिङ्टार गाउँपालिका भित्रका ९२ वडामा काँग्रेसले अधिवेशन गर्न लागेकाे हाे ।
अधिवेशनका लागि नेपाली काँग्रेस पूर्वी नवलपरासीले मतदान अधिकृत सहितको टाेली वडा वडामा पठाई सकेको शुक्रवार पत्रकार सम्मेलन गरी जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्लामा कंाग्रेस अधिवेशन सम्पन्न गर्न अधिवक्ता निर्भयराज पाैडेललाई निर्वाचन अधिकृतका रूपमा खटाएकाे छ ।
जिल्लामा रहेका १२ हजार २ सय ४७ क्रियाशील सदस्यहरूबाट नेपाली काँगेस नवलपरासी पूर्वले गाउँ तथा नगर तहका प्रत्येक वार्डमा वडा समिति र क्षेत्रीय प्रतिनिधिकाे चयन गर्ने बताइएको छ ।
कंग्रेस सक्रिय राजनीतिबाट बाहिरिदै पाकानेता
जिल्लमा रहेर झण्डै ४५ वर्ष नेपाली कांग्रेसकाे विभिन्न पदमा रही राजनीति गरेका पाका नेता कृष्णचन्द्र नेपालीले सक्रीय राजनीतिबाट अलग्गिने घाेषणा गरेका छन्।
नेपालीले बीपी भवन कावासाेतीमा शुक्रवार आयाेजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका तमाम कार्यकर्ता तथा आम जिल्लाबासीलाई धन्यवाद दिदै आगामी दिनमा पार्टीको कुनै पनि पदीय जिम्मेबारी नलिने बताए ।
नेपाली कांग्रेस नवलपरासीको ४ पटक पार्टी सभापति,केन्द्रीय सदस्य सांसद तथा गण्डकी प्रदेश सरकारकाे प्रथम मुख्यमन्त्री भई सकेका नेपालीले कंग्रेस राजनीतिमा रहँदा प्रजातन्त्रका लागि पटक पटक जेल तथा निर्वासित जीवन समेत भोगेका थिए ।











प्रतिक्रिया