भोटेकोशी बाढीमा परेका ६१ दोलखाली अझै सम्पर्क विहीन

0
Shares

दोलखा।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर दोलखाका ६१ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । बाढीमा परेका एक सय चार जना दोलखालीको भने उद्धार भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलले बताए ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– २ का गोपी नेपाली (मिलन), कमल खड्का (नानु), तिलक नेपाली (सागर) र केदार कार्की, वडा नम्बर– ८ का आङछिरीङ शेर्पा, वडा नम्बर– ५ का कृष्ण खत्री, वडा नम्बर– ९ का ताके तमाङ र मन बहादुर तमाङ सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का सुदर्शन चौलागाई र सुबिन्द्र नेपाली, वडा नम्बर– ५ का सिताराम श्रेष्ठ र दिनेश कार्की, वडा नम्बर– ७ का प्रकाश मोक्तान र अनिल वस्नेत, वडा नम्बर– ८ का बद्री बहादुर वस्नेत, रितेश वस्नेत र हरि ढकाल तथा वडा नम्बर– ९ का राजकुमार लामा सम्पर्क विहीन रहेको जनाइएको छ । त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर– २ का युवराज तमाङ, वडा नम्बर– ४ का रवी योगी, वडा नम्बर– ५ का दिपेन्द्र बजगाई तथा वडा नम्बर– ६ का डोल बहादुर फुँयाल पनि सम्पर्क विहीन रहेको जनाइएको छ ।

त्यसैगरी कालिञ्चोक गाउँपालिका वडा नम्बर– १ का देवी कुमारी गुरुङ र सोनाम पाख्रिन, वडा नम्बर– २ का कृष्ण बहादुर थामी, वडा नम्बर– ४ का राजेश थामी, कृष्ण थामी, सविन थामी र रञ्जीत थामी तथा वडा नम्बर– ७ का बिक्रम खड्का र समिर बुढाथोकी सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी शैलुङ गाउँपालिका वडा नम्बर– ३ का कृष्ण बहादुर श्रेष्ठ, वडा नम्बर– ५ का रोहित कार्की तथा वडा नम्बर– ७ का गोपाल थामी, प्रतिक्षा भुजेल काफ्ले र गोपाल बहादुर कार्की सम्पर्क विहीन रहेको जनाइएको छ । त्यसैगरी विगु गाउँपालिकाका छिरीङ ठिलेन शेर्पा, आङ ङिमा शेर्पा, सुन्दर दमाई र पासाङ ल्हमु शेर्पा, मेलुङ गाउँपालिका वडा नम्बर– १ का शिसिर भुजेल, सन्तोष थपलिया, अनुज नेपाली, रामशरण रसाईली र मैया दहाल विमली तथा वडा नम्बर– ६ का नीर बहादुर श्रेष्ठ पनि सम्पर्क विहीन रहेको जनाइएको छ । 

त्यसैगरी बैतेश्वर गाउँपालिका वडा नम्बर– १ का सुजन श्रेष्ठ, वडा नम्बर– २ का सुरेश तमाङ, वडा नम्बर– ३ का जगत पाख्रिन र नर बहादुर तमाङ, वडा नम्बर– ६ का शङ्कर दहाल तथा वडा नम्बर– ७ का रुद्र बहादुर खड्का र हरि बहादुर श्रेष्ठ सम्पर्क विहीन रहेको जनाइएको छ । त्यसैगरी जिरी नगरपालिकाका वडा नम्बर– ६ का तेज जिरेल, वडा नम्बर– ७ का प्रकाश तमाङ र विजय खत्री, वडा नम्बर– ८ का दिल बहादुर जिरेल तथा वडा नम्बर– ९ का दान बहादुर तमाङ, भीम बहादुर तमाङ, पेम्बा घिसिङ र बोस बहादुर तमाङ सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढी पछि सम्पर्क विहीन रहेकाहरुको विवरण सम्बन्धित पालिकाहरुबाट उपलब्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । सम्पर्क विहिनहरुको खोजिको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले गृह मन्त्रालय तथा रसुवा र नुवाकोटको स्थानीय प्रशासनसंग नियमित सम्पर्क गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।

सम्पर्क विहीन रहेका व्यक्तिको परिवार मध्य ११ जनाले सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा डिएनए दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए । अन्य केहीले काठमाडौँ लगायत पाएक पर्ने अस्पतालमा समेत डिएनए दिएको जानकारी आएको भएपनि संख्या भने नखुलेको प्रहरी निरीक्षक खड्काले बताए । 

सम्पर्क विहीन रहेकाहरु मध्य केही व्यक्तिका परिवारले भने आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कार समेत गरिसकेको सम्बन्धी पालिकाहरुले जनाएको छ । दोलखाको भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशङ्कर गाउँपालिका लगायतले बाढीमा परी मृत्यु भएका तथा बेपत्ताका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेका छन् । मेलुङ लगायतका केही पालिकाहरुले पनि मृतक तथा सम्पर्क विहिनका परिवारलाई सहयोगको निर्णय गर्ने जनाएको छ ।