काठमाडौँ ।
गणेश चतुर्थीको अवसरमा काठमाडौँको कमलादीस्थित प्रसिद्ध ‘सेतो गणेश’ मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। गणेश भगवानको दर्शन तथा पूजाअर्चनाका लागि विभिन्न स्थानबाट श्रद्धालुहरू मन्दिर पुगेका छन्।

गणेश चतुर्थीका दिन गणेश भगवानको पूजा–आराधना गरी सुख, शान्ति तथा समृद्धिको कामना गर्ने धार्मिक परम्परा रहँदै आएको छ। यस अवसरमा भक्तजनहरूले विधिपूर्वक पूजा, प्रसाद तथा दर्शन गर्ने गरेका छन्।

गणेशलाई हिन्दु धर्ममा शुभकार्यका देवताका रूपमा पूजा गर्ने भएकाले गणेश चतुर्थीका दिन देशभरका विभिन्न गणेश मन्दिरमा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्।












प्रतिक्रिया