आसिफको शतक र गुल्सनको अर्धशतकमा नेपालले यूएईलाई दियाे ३१४ रनकाे लक्ष्य


काठमाडौँ।

आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ बनाएको हो । नेपालका आसिफले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

गुल्सनले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन जोडे ।

पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक/एक विकेट लिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।