उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ जनप्रेमी टोलमा सोमबार विद्युतीय करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे त्रियुगा नगरपालिका वडा नं १२ जनप्रेमी टोल बस्ने वर्ष ७४ की राम कुमारी राईले आफ्नै घरमा नै थेरापी गर्दै आएकी थिइन ।
नियमित थेरापी गर्नेक्रममा सोमबार बिहान अचानक थेरापी मेसिनबाट करेन्ट लागि ज्यान गएको भनी प्रहरीलाई जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहित टोली खटी गई आवश्यक कानुनी प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया