सेतीदेवी रेडक्रस उपशाखाद्वारा भोटेकोसी बाढीपीडितका लागि ५५ हजार ५५५ रुपैयाँ सहयोग


धुलिखेल ।


नेपाल रेडक्रस सोसाइटी सेतीदेवी उपशाखा, धुलिखेल नगरपालिका–४ ले भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ जम्मा गरेको छ।

उपशाखाले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी सेतीदेवी उपशाखाका सभापति पूर्णबहादुर कार्कीले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम प्रदान गरिएको जानकारी दिनुभयो।

उहाँले विपद्को समयमा पीडितको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।