भोटेकोशी बाढीपीडितका लागि आरुघाट युवा क्लबद्वारा ८ लाख सहयोग


काठमाडौँ।

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि आरुघाट युवा क्लब र आरुघाट नेवाः गुठी समाज, काठमाडौंसँग सम्बन्धित सदस्य तथा महानुभावहरूले रु. ८ लाख ७ हजार ७ सय २३ आर्थिक सहयोग संकलन गरेका छन्।

क्लबका अनुसार स्वेच्छिक रूपमा संकलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। विपद्को कठिन समयमा पीडितप्रति मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै सहयोग संकलन गरिएको क्लबले जनाएको छ।

क्लबले अभियानमा आर्थिक सहयोग गर्ने आरुघाट युवा क्लब, आरुघाट नेवाः गुठी समाज काठमाडौंका सम्पूर्ण सदस्य तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेको छ।