सुर्खेत ।
कर्णाली प्रदेश सरकारले रसुवा बाढी प्रभावितका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले १० भदौमा रसुवास्थित भोटोकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनस्र्थापना तथा क्षेतिग्रस्त संरचनाको पुनर्निर्माण एंव विपद व्यवस्थापनमा कर्णाली सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त बाढीपछि रसुवा, नुवाकोट र धादिङ रुसुवालगायतका जिल्लामा अतुलनीय जनधनको क्षति भएको छ । साथै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना २०८३–२०९२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।












प्रतिक्रिया