काठमाडौं ।
त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको छ।
आइतबार बिहान आएको ठूलो बाढीले पुल चुँडालेर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बाढीले त्रिशूली नदीमाथि धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ। बाढीको तीव्रताका कारण पुल बग्ने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन्।











प्रतिक्रिया