काठमाडौं ।
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोलामा पहिरो खसेपछि टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। यस्तै, सम्भावित बाढीपहिरोको जोखिमका कारण मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
लगातारको वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने भन्दै प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया