काठमाडौं ।
रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सम्पर्कमा रहेको पाइएको छ।
यसअघि प्रधानमन्त्री कार्यालयले उक्त टोलीलाई माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारका लागि परिचालन गरिएको जानकारी दिएको थियो। तर, उक्त आयोजनाको सुरुङमा मानिस नफसेको र चिनियाँ टोली आयोजनास्थलमा समेत नपुगेको व्यवस्थापनले स्पष्ट पारेको छ।
अपर त्रिशूली–१ का प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार चिनियाँ सुरुङ विज्ञ टोली आफूहरूको सम्पर्कमा छ। आयोजनाको सुरुङमा करिब ४ सय जना फसेको अनुमान गरिएको उनले बताए।
अपर त्रिशूली–१ को सिभिल निर्माणको काम चिनियाँ कम्पनी ‘चाइना रेलवे’ले गरिरहेको छ। सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ सुरुङ विज्ञ टोली आएको र उनीहरू आइतबारदेखि फिल्डमा खटिने तयारीमा रहेको अधिकारीले जानकारी दिए।











प्रतिक्रिया