काठमाडौं ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ। अब प्रभावित क्षेत्रमा शनिबारदेखि थप एक सातासम्म यी सेवा निःशुल्क उपलब्ध हुनेछन्।
यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अलनेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि शुक्रबार सकिँदैछ।
कम्पनीका अनुसार बाढीका कारण अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ भने थप ९ वटा टावर सञ्चालनका लागि काम भइरहेको छ।
खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोगसमेत गरिएको कम्पनीले जनाएको छ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले निःशुल्क सञ्चार सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे।











प्रतिक्रिया