विपद् उद्धारमा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ : पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै पोखरेलले सरकारलाई सबै दलले एकजुट भएर साथ दिनुपर्ने बताए। उनले बेपत्ताको खोजी, शव पहिचान तथा परिवारलाई हस्तान्तरणलगायतका काम प्रभावकारी समन्वयका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अन्य नेताहरूको सहभागिता थियो।

Skip This