काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेका छन्।
सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुआत गर्दै लामिछानेले विपद्को समयमा राजनीतिक दलको पहिचानभन्दा माथि उठेर राहत, उद्धार र पुनर्निर्माणमा एकजुट हुनुपर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
लामिछानेको आह्वानमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन्।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटीलगायत नेताहरूको पनि उपस्थिति रहेको छ।














प्रतिक्रिया