चितवनमा बाढीका ६४ शव फेला


काठमाडौं ।

बाढीका कारण चितवनमा हालसम्म ६४ वटा शव फेला परेको प्रहरीले जनाएको छ। चितवन प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार शव खोजी कार्य जारी रहेकाले संख्या थपिन सक्ने प्रारम्भिक आकलन गरिएको छ।

स्वास्थ्य संस्थाहरूमा अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। शव राख्ने स्थानको अभाव हुनसक्ने भएकाले आपतकालीन व्यवस्थापन रणनीतिअनुसार शवको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा थप शव फेला परेमा नजिकको सुरक्षा निकायलाई तत्काल सूचना दिन आग्रह गरेको छ। साथै, क्षतिग्रस्त शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत प्रसारण नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

Skip This