काठमाडौं ।
भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति पुर्याएको छ। प्रभावित विद्यालयमध्ये ६ वटा रसुवाका र एउटा नुवाकोटको रहेको प्रारम्भिक विवरण छ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको छ। उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा समेत बाढीले क्षति पुर्याएको छ। बाढी आएपछि विद्यार्थीहरू भागेर ज्यान बचाउन सफल भएका थिए।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पनि व्यापक भौतिक क्षति भएको छ। विद्यालय परिसरमा हिलो, लेदो तथा बाढीले बगाएर ल्याएका सामग्री थुप्रिएका छन्।
टिमुरेमा रहेका दुई बोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयमा समेत क्षति पुगेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार ती चार विद्यालय बाढीले बगाएको बताइएको छ। प्रभावित विद्यालयको थप विवरण संकलन भइरहेको छ।














प्रतिक्रिया