काठमाडौं ।
रसुवामा भीषण बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पले सीमा आसपासका क्षेत्रमा कम्पन महसुस गराएको बताइएको छ। भूकम्प गएको केही समयपछि रसुवालगायतका क्षेत्रमा बाढी र पहिरोको अवस्था देखिएको हो।
भूकम्पको केन्द्रबिन्दु तथा गहिराइबारे थप विवरण सम्बन्धित भूकम्प मापन निकायबाट प्राप्त हुन बाँकी छ। भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भए–नभएको विवरणसमेत स्पष्ट भइसकेको छैन।
बाढी र पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला भूकम्पसमेत गएको घटनाले स्थानीयमा थप त्रास उत्पन्न भएको छ।














प्रतिक्रिया