भन्सार यार्डबाटै बगे २ सय कन्टेनर, बाढीले ठूलो क्षति


काठमाडौं ।
बाढीका कारण भन्सार यार्डमा राखिएका करिब २ सय वटा लोडेड कन्टेनर बगेको खबर प्राप्त भएको छ।

बाढीको पानी भन्सार यार्डमा पसेपछि त्यहाँ राखिएका सामानसहितका कन्टेनर बगाएको प्रारम्भिक जानकारी आएको हो। बाढीको बहाव तीव्र रहेकाले कन्टेनरहरू सुरक्षित गर्न नसकिएको बताइएको छ।

घटनाबाट भन्सारमा ठूलो भौतिक तथा आर्थिक क्षति भएको अनुमान गरिएको छ। यद्यपि बगेका कन्टेनरमा रहेका सामान तथा क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी छ।

सम्बन्धित निकायले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Skip This